२० हजार रुपैयाँ सम्म जित्न सकिने पर्यटन बोर्डले ल्यायो टिकटकमा नयां अफर

के तपाई टिकटकमा भिडियो बनाउनु हुन्छ यदि बनाउनु हुन्छ भनें नेपाल पर्यटन बोर्डले तपाईं लाई पुरस्कृत पनि गर्न सक्छ । पुरस्कार जित्न कुनै ठुलै या चलेको सेलिब्रटि हुनु पर्ने छैन । सामान्य यूजर्सले समेत पुरस्कार जित्न सक्ने छन् । तर, पुरस्कार जित्नको लागि निसश्चित सर्त पुरा गर्नु पर्नेछ । त्यसरी बनाएका भिडियोलाई तपाईले विधि पुर्‍याएर अपलोड गर्नासाथ स्वतः प्रतिस्पर्धामा जानेछ र त्यो भिडियो उत्कृष्ट भएमा आम्दानी समेत हुनेछ ।

पर्यटन बोर्डले युवापुस्तालाई गन्तब्य प्रवर्द्धनमा आकषिर्त गर्ने उद्देश्यले यस्तो अफर ल्याएको हो । ‘देशदर्शन टिकटक कम्पिटिसन’ नाम दिइएको यो अभियान १ जनवरीबाट शुरु भएर ३१ मार्चसम्म मान्य हुने भएको छ । अहिले नै चर्चित बनेका पर्यटकीय गन्तव्यको भिडियो भने मान्य हुने छैन । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीका अनुसार अहिलेसम्म बोर्डले प्रवर्द्धन नगरेका नयाँ गन्तब्यहरुको भिडियो टिकटकरले ल्याउनु पर्नेछ ।
टिकटक यूजर्सले नेपाल पर्यटनको बोर्डको टिकटक आइडीलाई फलो गर्नुपर्छ । त्यसपछि आफ्नो भिडियोमा बोर्डको आइडीमा ट्याग गर्नुपर्छ । यसबाहेक भिडियो पोष्ट गर्दा हृयासट्याग नेपालटूरिजमबोर्ड’ र हृयासट्याग देशदर्शन’ समेत राख्नु पर्ने भएको छ । भिडियो १५ सेकेन्डदेखि १ मिनेटसम्मको हुनुपर्ने शर्त बोर्डले राखेको छ ।

अंग्रेजी र नेपाली मध्ये एक भाषामा गन्तब्य प्रवर्द्धन सम्बन्धी भ्याइस राख्न सकिने भएको छ । भिडियोमा कपीराइटसम्बन्धी विवाद उत्पन्न भएमा भने त्यसको जिम्मेवार स्वयमः यूजर्स हुनुपर्ने समेत शर्त राखिएको छ । बोर्डले तोकिएको समय भित्र पोष्ट भएका भिडियो मध्ये हरेक १५ १५ दिनमा एउटा भिडियोलाई २० हजार रुपैयाँ नगद पुरस्कार दिइने बोर्डले जनाएको छ । देशभर लुकेर बसेका गन्तव्यको प्रवर्द्धन गर्न प्रभावकारी हुने देखेरै यो अभियान शुरु गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारि दिए ।