प्रधानमन्त्री ओलि लाई व्यंग्य गर्दै धनगडीमा बयलगाडा जुलुस

प्रधानमन्त्री केपि शर्मा ओलिले असंबैधानिक तरिका बाट संसद विघटन गरेको बिरोधमा धनगडीमा बयलगाडा जुलुस निकालिएको छ । ओलीले असंवैधानिक तरीकाले संसद् विघटन गरेको र देशमा अस्थिरता आउन खोजेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
विगतमा ओलिले गणतन्त्र आउनु त बयलगाडा चडेर अमेरिका पुग्नु जत्तिकै हो भन्ने भनाईलाई व्यंग्य गर्दै जुलुस निकालिएको थियो ।
काठमाण्डौं को थापाथलिमा सांकेतिक प्रर्दशन गरिय पनि तराईका जिल्लाहरुमा भने वास्तविक गाडाहरुलाई गोरु रागांहरुले नै तानेका थिए ।