प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा विशाल धोति जुलुस प्रर्दशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा विशाल जुलुस निकालिएको छ । नेकपाको भ्रातृ संगठन युवा संघ प्रदेश २ को अगुवाइमा धोती, कुर्ता र गम्छा लगाएर विशाल जुलुस निकालिएको हो । जुलुसको नेतृत्व नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले गर्नुभएको थियो।
प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निकालिएको छ।
शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर धोती जुलुस’ निकालेका हुन्।उनीहरूले धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका थिए। काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍याली माइतीघर मण्डलाको मूल र्‍यालीमा मिसिएको थियो।