एलन मस्क बने संसारकै धनी व्यत्ति

टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् । उनले अमेजनका जेफ बेजोसलाई पछि पारेका छन् । मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ भन्दा एक बिलियन डलर बढी छ । टेस्लाको सेयर मूल्यमा निरन्तरको वृद्धिका कारण यस्तो भएको हो ।
इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेजनका मालिक जेफ बेजोसलाई दोस्रो स्थानमा पारेका छन् ।
हाल अर्बपतिको सूचीमा ५ सय बढी अर्बपति छन् ।
यो उपलब्धि हाँसिल गरेपछि मस्कले प्रतिक्रिया दिएका छन् । एक ट्वीटर प्रयोगकर्तालाई जवाफ दिँदै उनले टिप्पणी गरे
कति अचम्मका कुरा
लगभग २७ बिलियन अमेरिकी डलरसहित सन् २०२० को सुरुवात गरेका मस्कले आफ्नो सम्पत्तिमा १५० बिलियन वृद्धि गर्न सफल भएका छन् । दक्षिण अफ्रिकामा जन्मिएका इन्जिनियरलाई टेस्लाको सेयरमा बलियो विश्वास थियो र उनलाई यसैले फाइदा पुर्यायो । यसबाहेक मस्कसँग स्पेस एक्सको ठूलो हिस्सेदारी छ जुन लगभग १४ बिलियन अमेरिकी डलर छ । यता जेफ बेजोसको सम्बन्धविच्छेदका कारण पनि मस्क शीर्ष स्थानमा पर्न सकेका हुन् ।