रिलका मात्रै हैनन्, रियल लाईफका हिराे हुन् सञ्जय खतिवडा

प्रायः फिल्मका हिराे सधैं रंगमञ्चमै रमाउछन्, रंगमञ्चकाे चम्किलो माहोलमा हराउने कलाकार प्रायः राष्ट्रिय विपत्तिका बेला गायवै हुन्छन्, दर्शकले व्यापक आलोचना गरेपछि भने केही सहयोग गरेजस्तो गर्दै मिडियाबाजि गर्दै उत्रिन्छन् । कहिलेकाहीँ अपवादले मात्रै त्यस भिडबाट साच्चिकै रियल हिराे जन्मिन्छन्, जाे समाज र देश प्रति उत्तरदायी हुन्छन्
त्यही भिडका अपवाद पात्र हुन् नायक सञ्जय खतिवडा । पछिल्लो लकडाउनमा निरन्तर कोराेना पिडितकाे सेवामा खटिएका सञ्जयले राजधानीको मेडीसिटी अस्पतालमा गत चैत २ गते भर्ना भएका रमेश बिकको गत शुक्रबार हस्पिटल बाट डिस्चार्ज गराएका छन्, नायक सञ्जयकाे पहलमा लायन्स क्लब काठमाडौं न्यु वेभ सहितले रमेश बिककाे डिस्चार्ज गराउन सफल भएको हाे ।

काे हुन् रमेश बिक ?
गत चैत २ गते अस्पताल भर्ना भएका रमेश
दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर निवासी हुन् । भारतमा काम गर्दै आएका रमेश २०७७ पुसमा घर आएका थिए । त्यस पछि टाउको दुख्न थाले पछि उपचारका लागि काठमाण्डौ आएका थिए । उनलाई उपचारको लागि मेडीसिटिमा भर्ना गरिएको थियोे । अस्पताल भर्ना गरे पछि मेडीसिटीले भनेको थियो उपचारमा ६,७ लाख खर्च लाग्छ । तर १७ लाख भन्दा धेरै भुक्तानी गसिसक्दा रमेशको सुधार हुन सकेन । करिव ३ महिनाको उपचार खर्च ३० लाख पुगेको थियो तर अस्पताललाई तिर्न बाँकी रहेको १२ लाख हाराहारीको रकम तिर्न रमेशको परिवारसँग कुनै उपाय थिएन । पैसा नतिर्दा सम्म अस्तपालले बिरामी नछाड्ने भए पछि रमेशकी श्रीमती बर्षाको बिचल्ली भएको थियोे ।

बिचल्ली अवस्थामा पुगेकी बर्षालाई साथ दिन लायन्स् क्लव अफ काठमाण्डौ न्यु वेभ्स लागि परेको थियोे । क्लवका प्रेसिडेन्ट तथा नायक सञ्जय खतिवडाको संयोजकत्वमा अस्पताल ब्यबस्थापनसँग छलफल पश्चात् अस्पतालले न्युनतम रकम भुक्तानी गर्न सर्त राखे पछि न्यु वेभ्सले ३ लाख रुपैयाँको प्रतिवद्धता जनाएको थियोे । त्यस पछि मात्रै अस्पताल विरामी डिस्चार्ज गर्न सकारात्मक भएको खतिवडाले जानकारी दिएका थिए । खतिवडाले अस्पतालले मानविय दायित्व पुरा नगरेको र पैसा मात्रै हेरेको भन्दै यस्लाई भ्रष्ट्राचारी लुक्ने थलोको रुपमा घोषणा गर्ने चेतावनी दिएका थिए । राज्यकै कारण अस्पतालहरुमा यस्ता किसिमका बिकृती फैलिएको उहाँको भनाई थियोे । खतिवडा बन्दै गरेको नयाँ सिनेमा आँधी तुफन २ का नायक पनि हुन् । रमेशको परिवारसँग लायन्स् क्लव अफ काठमाण्डौ दर्शनका उपाध्यक्ष प्रतिभा सिंहले समन्वय गर्दै आएकी थिईन्

नायव सञ्जय फिल्म भन्दा देश र जनतालाई महत्त्व दिएर निरन्तर सेवामा खटिए । हुनत उनको मिडियामा खासै चर्चा हुदैन, किनकि उनि मिडियाकाे क्यामेरा अगाडि बसेर समाजसेवा गर्ने समाजसेवी पनि हैनन्, उनलेे गरेको सामाजिक कामकाे केही जानकारी उनकाे फेशबुक बाट, उनका फ्यान अथवा शुभचिन्तकले सामाजिक सञ्जालमा सेयर गरेपछि मात्रै मिडियाले जानकारी पाउछ ।
अहिले नेपाली फिल्म आँधी तुफान २ मा काम गरिरहेका सञ्जयले कोरोना पिढितकाे लागि पनि ठूलो सहयोग गर्दै अन्य सहायता पनि जुटाईरहेका छन् । लकडाउकाे समयमा विभिन्न असाहाय र विपन्न परिवारलाई खाद्यान्न वितरणमा हाेस् या अनाथ बालबालिकालाई सहयोग गर्न, बाढी पिडितलाई सहयोग उठाउन हाेस् या कोराेना बिरामीलाई अक्सिजन वितरणमा समन्वय गर्न सबै तिर सञ्जयले सहयोगकाे लागि हात अगाडि बढाएका थिए ।

सामाजिक काम गर्दा दर्शक र पत्रकार तथा सामाजिक अभियान्ता सबकाे तारिफ पाएका सञ्जयकाे पछिल्लो रमेश बिकलाई पुर्याएकाे सहयोगकाे पनि चौतर्फी तारिफ गरिएको छ । धेरैले सञ्जयलाई रियल लाईफ हिराे समेत भनेका छन् ।