युवा संघ नेपालले ताेक्याे सबै विभाग प्रमुख

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालको पदाधिकारी बैठकले जिम्मेवारी बाँडेको छ ।
संगठनको दैनिक गतिविधि सञ्चालन गर्न संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय कमिटी गठन गरिएको उसले बताएको छ ।

सदस्यमा वरिष्ठ उपाध्यक्ष  क्रान्ति बुर्लाकोटी, उपाध्यक्ष कृष्णहरि केसी, उपाध्यक्ष नितेश पौडेल, महासचिव दीपक जीएम, उपमहासचिवहरु सञ्जीप राई, रोशन थापा, अशोककुमार दाहाल, निर्भीक खनाल, सचिव नरेश गिरी र कोषाध्यक्ष दीपक दुवाडी रहेको बताइएको छ । 

यसैगरी बैठकले संघको पूर्वउपाध्यक्ष हस्तबहादुर शाही संयोजक र संघका पूर्वसचिव सुरेन्द्रमान कार्की सचिव रहेको २१ सदस्यीय सल्लाहकार समिति गठन गरेको प्रचार विभाग प्रमुख सञ्जीप राईले बताए ।

बैठकले युवाको वर्तमान अवस्था, चुनौती,  अबका मुद्दाहरू र समाधानको उपायका लागि विस्तृत अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन कार्यालय कमिटीमा बुझाउने गरी उपमहासचिव निर्भीक खनालको संयोजकत्वमा कार्यदल गठन गरेको राईले बताए ।  

प्रदेश १ को इन्चार्जमा मुना शर्मा, सहइन्चार्जमा गौरिमान परियार, नरेन्द्र बस्नेत, संयोजकमा प्रत्यूष राना, सचिवमा सन्दीप राई, प्रदेश २ को इन्चार्जमा निरन्जन झा, सहइन्चार्जमा अरूण यादव, संयोजकमा अर्जुन सिंह, सचिव दिग्म्बर पाठकलाई जिम्मेवारी दिइएको छ ।

वागमती प्रदेशको इन्चार्जमा रोशन थापा, सहइन्चार्जमा मिन श्रेष्ठ, संयोजकमा फुर्वा लामा, गण्डकी प्रदेशको इन्चार्जमा कृष्ण विश्वकर्मा, सहइन्चार्जमा हिरालाल विक, संयोजकमा कमल गैरे, लुम्बिनी प्रदेशमा इन्चार्ज सरिता श्रीष, सहइन्चार्जमा हिमा थापा, संयोजकमा किशोर थापा, सचिवमा किरण नेपाल रहेका छन् । 

कर्णाली प्रदेशमा इन्चार्जमा खडक शाही, सहइन्चार्जमा आदिप्रसाद न्यौपाने, मन्जु रावल, संयोजकमा अनिल बोगटी, सुदुरपश्चिम प्रदेशमा इन्चार्ज प्रकाश रोकाया, सहइन्चार्जमा मदन गिरी, संयोजक बाबुराजा श्रेष्ठ, सचिवमा मोहन साउद र गैर भौगोलीक प्रदेशमा इन्चार्ज अशोक दाहाल र संयोजकमा विकास ज्ञवाली रहेको राईले जानकारी दिए ।
यस्तै बैठकले विभागीय प्रमुख पनि तोकेको छ ।

संगठन विभागको प्रमुखमा नितेश पौडेल, स्कुल बिभाग प्रमुखमा कृष्णहरी केसी, प्रचार बिभाग प्रमुखमा सञ्जीप राई, आर्थिक विभाग प्रमुखमा दिपक दवाडी, कार्यालय बिभाग प्रमुखमा नरेश गिरी, महिला विभाग प्रमुखमा प्रेमा लामा, बिदेश विभाग प्रमुखमा निर्भीक खनाल, प्रकाशन विभाग प्रमुखमा लक्ष्मण घिमिरेसहित विभिन्न ३५ बिभागका प्रमुख तोकिएको उनको भनाइ छ ।

यसैगरी स्थायी कमिटी ९६ सदस्यीय र सचिवालय २१४ सदस्यीय बनाइएको छ । जिल्लाहरूको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी समेत बाँडफाँड गरिएको छ ।