झलनाथ खनालको भनाई प्रधानमन्त्री ओलीले संविधानको बलात्कार गर्नुभयो

नेकापाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले आफैैले हस्ताक्षर गरेको संविधानलाई बलात्कार गरेको बताएका छन् । उनले आफैले हस्ताक्षर गरेको र प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार नभएपनि संसद् विघटन गरेर संविधानको धज्जि उडाएको बताएका हुन् ।
प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद् भंग गर्नुभयो । उहाँ प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थाल्नु भएको थियो नेता खनालको भनाइ छ । नेकपा सम्पर्क समन्वय कमिटीको शनिबार काठमाडौँमा भएको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले सो कुरा बताएका हुन् । प्रधानमन्त्री भएदेखि नै ओलीले अनेक शक्ति केन्द्रहरु आफ्नो मातहत ल्याउनुभयो, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याउनुभयो र तानशाह बन्ने प्रयास गर्नुभयो’ नेता खनालको भनाइ छ ।