आज विभिन्न कार्यक्रमका साथ पोषाक दिवश मनाईयो

काठमाडौँ — नेपाली मौलिक पहिरनलाई प्रवर्धन गर्नेुपर्ने नारासहित यस वर्ष पनि पोसाक दिवस मनाइएको छ । दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले शुक्रबार राजधानीमा र्‍याली आयोजना गरेका छन् ।‘पहिरनको पहिचान राष्ट्रिय पोसाक अभियान’, ‘राष्ट्र एक, राष्ट्रको पोसाक किन अनेक ?,’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरूले दौरा–सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाकको मान्यता दिनुपर्ने माग गरेका थिए ।

माइतीघर मण्डलमा जम्मा भएका र्‍यालीका सहभागी पुरुषहरूले दौरा–सुरुवालसहित ढाकाटोपी पहिरेका थिए भने महिलाहरूले ढाका टोपी लगाएका थिए । हातमा नेपाली झन्डा थिए  जागरूक युवा अभियान नेपालले २०७० सालदेखि अंग्रेजी नयाँ वर्षकै दिन टोपी दिवस मनाउन थालेको थियो । यसपटक आठौं दिवस हो ।  दौरा–सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न मागसहित दिवस मनाउन थालेको थियो ।