संसद विघटन विरोधमा नेपाली कांग्रेसको देशभर प्रदर्शन

२५ पुस, काठमाडौं, संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र अलोकतान्त्रिक’ रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस आन्दोलित छ । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडातहसम्म विरोधका कार्यक्रम लिएर जाँदैछ ।
विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएका थिए।