सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा

Air Pollution, Kathmandu - PHmuseum

पश्चिमी वायुको प्रभावले मुलुकभरको मौससम आज पनि बदली भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपातको क्रम आज पनि रोकिएको छैन ।

तापक्रम माइनसमा झरेस संगै जनजीवन कष्टकर बनेको स्थानीयले जनाएका छन् । हिमपातले उत्तरी नाम्खा गाउपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउ ले ढाकिएको छ ।

पश्चिमी वायुकै प्रभावले काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सुा लागिरहेको छ । काठमाडौं उपत्यकामा सससोमबार पनि हुस्सुा लागेको थियो भने बिहान स्साामान्य वर्षा भएको थियो ।

महाशाखाका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा घाम लाग्ने ससम्भावना कम छ । बादलले ढाकेका कारण उपत्यकाको न्युनतम तापक्रममा भने गिरावट आएको छैन । त्यस्तै सोमबार काठमाडौमा हिड्न असहज भएको मानिशहरु अनुभव गरे
खासगरी साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको गुनासो गरे ।
चिकित्सकहरूका अनुसार यसको कारण हो–वायु प्रदूषण ।


पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र हिजो(अस्तिको तुलनामा वायु अत्यधिक प्रदूषित भएको मौसमविद् डा. ऋषिराम शर्माको भनाइ छ ।वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो । २४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको देखिन्छ ।
स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएसंगै सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो ।