सर्वोच्च अदालत बाहिर प्रधानमन्त्री विरुद्ध नाराबाजी

१० पुस, काठमाडौं । संसद विघटनको पक्ष र विपक्षमा बहस भइरहेको बेला सर्वोच्च अदालत अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वोच्च क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा छ । यो निषेधित क्षेत्र पनि हो । तर, सुरक्षाकर्मीको आँखा छल्दै केही युवाहरु सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै प्रदर्शनमा उत्रिएका थिए ।

onlinekhabar