नायक तथा समाजसेवी सञ्जय खतिवडाकाे अर्को सहयोगी कदम, रमेश बिकलाइ हस्पिटल बाट उद्धार गर्दै

रमेश बिक राजधानीको मेडी सिटी अस्पतालमा उपचाररत छन् । गत चैत २ गते अस्पताल भर्ना भएका रमेशको अवस्था दिन प्रतिदिन बिग्रदै गएको छ । दाङको घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर घर भएका उनकाे परिवारले उपचारको लागि १७ लाख भन्दा माथि भुक्तानी गरि सकेको छ तर सुधार भएको छैन । अस्पताल भर्ना गरे पछि मेडीसिटीले भनेको थियो उपचारमा ६,७ लाख खर्च लाग्छ । तर १७ लाख भन्दा धेरै भुक्तानी गसिसक्दा पनि मेरो श्रीमान्को सुधार हुन सकेन भन्छीन् रमेशकी श्रीमती वर्षा बि क । भारतमा काम गर्दै आएका रमेश २०७७ पुसमा घर आएका थिए । त्यस पछि टाउको दुख्न थाले पछि उपचारका लागि काठमाण्डौ आएका थिए । करिव ३ महिनाको उपचार खर्च अहिले ३० लाख पुगेको छ तर अस्पताललाई तिर्न बाँकी रहेको १२ लाख हाराहारीको रकम तिर्न रमेशको परिवारसँग कुनै उपाय छैन । पैसा नतिर्दा सम्म अस्तपालले बिरामी नछाड्ने भए पछि रमेशकी श्रीमती बर्षाको बिचल्ली भएको छ ।

बिचल्ली अवस्थामा पुगेकी बर्षालाई साथ दिन यतिबेला लायन्स् क्लव अफ काठमाण्डौ न्यु वेभ्स लागि परेको छ । क्लवका प्रेसिडेन्ट तथा नायक सञ्जय खतिवडाको संयोजकत्वमा अस्पताल ब्यबस्थापनसँग छलफल भैरहेको छ । अस्पतालले न्युनतम रकम भुक्तानी गर्न सर्त राखे पछि न्यु वेभ्सले ३ लाख रुपैयाँको प्रतिवद्धता जनाएको छ । त्यस पछि मात्रै अस्पताल विरामी डिस्चार्ज गर्न सकारात्मक भएको खतिवडाको भनाई छ । खतिवडाले अस्पतालले मानविय दायित्व पुरा नगरेको र पैसा मात्रै हेरेको भन्दै यस्लाई भ्रष्ट्राचारी लुक्ने थलोको रुपमा घोषणा गर्न चेतावनी दिए । राज्यकै कारण अस्पतालहरुमा यस्ता किसिमका बिकृती फैलिएको उहाँको भनाई छ । खतिवडा बन्दै गरेको नयाँ सिनेमा आँधी तुफन २ का नायक पनि हुन् । रमेशको परिवारसँग लायन्स् क्लव अफ काठमाण्डौ दर्शनका उपाध्यक्ष प्रतिभा सिंहले समन्वय गर्दै आएकी छिन् । अस्पतालका प्रवक्ता डा राजका अनुसार आफुहरुले रमेशको सक्दो उपचार गरेको र पैसाको कुरा विलिङ शाखामा गर्नु पर्ने जवाफ दिए ।

अहिले नेपाली फिल्म आँधी तुफान २ मा काम गरिरहेका सञ्जयले कोरोना पिढितकाे लागि पनि ठूलो सहयोग गर्दै अन्य सहायता पनि जुटाईरहेका छन् ।