प्रधानमन्त्री केपी ओलीले दिए कोरोनालाई च्यालेञ्ज, हजारौं भिड जम्मा पारेर धरहरा उद्घाटन

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्मित ऐतिहासिक धरहराको उद्घाटन गर्नुभयो । २०७२ बैशाख १२ गते आएको भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माण ६ वर्षपछि प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।

तर सो क्रममा अत्यन्त सीमित मान्छे बोलाउने भनिए पनि भीड नै देखियो ।
उद्घाटनका क्रममा प्रधानमन्त्रीकै टोली र मिडयाकर्मी तथा अन्यहरूको भीड लाग्यो ।

पटक(पटक भौतिक दूरी कायम गर्न भनेर सरकारद्वारा नै भनिए पनि सरकारकै कार्यक्रम तथा समारोहमा भने दूरी कायम भएको देखिन्न । सरकार आफैँले २५ जनाभन्दा उपस्थित नहुनू, भीड नगर्नू, भौतिक दूरी कायम गर्नू भनेर कोरोना संक्रमणबाट बच्न निर्देशन दिए पनि उद्घाटन समारोहमा भने सयौँ मान्छेको भीड देखियो । उद्घाटन गर्दा होस् या लिफ्ट चढेर धरहराको २० औँ तल्लाको छतबाट प्रधानमन्त्री ओलीले पुष्पवृष्टि गर्दा होस्, उहाँ नै भीडले घेरिएको देखिनुहुन्थ्यो ।

दोस्रो चरणको कोरोनाले भयावह अवस्था सिर्जना गरिरहेको अवस्थामा यसरी सरकारबाटै हुने हेलचेक्य्राइँले कस्तो सन्देश जाला रु कोरोना संक्रमित मृतकको संख्या बढिरहेको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार सबैभन्दा बढी संक्रमित फेला काठमाडौं उपत्यकामा परेका छन् ।

तर, यहीँ कहरका बीच प्रधानमन्त्री ओलीले भीडभाडका साथ धरहरा समुद्घाटन गर्नुभएको छ । जबकि सरकार आफैँ नागरिकलाई भीड नगर्न, भौतिक दूरी कायम गर्न निर्देशन दिए पनि नियम आफैँ लत्याएर उद्घाटनमा रम्नु त सानालाई ऐन, ठूलालाई चैन भनेजस्तै भयो ।