बैशाख ९ बाट सुरु हुदै फिल्म ‘आँधी तुफान–२’ को सुटिङ

फिल्म ‘आँधी तुफान–२’ को सुटिङ आगामी बिहिबार अर्थात् बैशाख ९ बाट सुरु हुने भएको छ । निर्माता तथा लेखक मौनता श्रेष्ठले फिल्मको सुटिङ बिहिबारबाट सुरु हुन लागेको जानकारी दिएका छन्। १२५ फिल्म लेखिसकेका मौनता श्रेष्ठले डेढ दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो बनाउन लागेका हुन् । फिल्मलाई मदन घिमिरेले निर्देशन गर्दैछन् ।

फिल्ममा कनिज कोइराला मुख्य भिलेको रुपमा देखिँदैछन् । कनिजले साउथ स्टार प्रभासको फिल्म ‘साहो’ लगायतमा अभिनय गरेका छन् । फिल्ममा कनिजका अलवा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।

थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने छ । नारायण चालिसे निर्माण नियन्त्रक रहेको फिल्मको छायाँकन काभ्रे, धुलिखेल र काठमाडौंमा हुनेछ ।