‘आँधी तुफान २’ काे छायांकन समाप्त

मौनता श्रेष्ठले निर्माण गरेको फिल्म आँधी तुफानले ३१ दिनमा छायांकन पुरा गरेको छ । लकडाउनले सुटिङ राेकिएता पनि लकडाउ सकिए लगत्तै फिल्मले सुटिङ सुरु गरेको थियोे ।

१४ बर्ष अघिकाे सुपरहिट फिल्म आँधी तुफान २ काे दाेस्राे सिरिजलाई मदन घिमिरेले निर्देशन गरेका छन् । फिल्मका सहायक निर्देशक जीवन गौतम हुन्। मौनता श्रेष्ठको कथा लेखन रहेको फिल्मलाई मौनता र चक्र घर्ती मिलेर निर्माण गरेका हुन् ।

O

अघिल्लो सिरिजमा नायिका ऋचा घिमिरे, रञ्जना शर्मा र पुजना प्रधानले मुख्य भुमिका निभाएका थिए भने दाेस्राे सिरिजमा भने साेनि बिसी, आरती आचार्य र याङ्सु श्रेष्ठ मुख्य भुमिका मा देखिदैछन् ।
फिल्ममा मुख्य नायकको रुपमा सञ्जय खतिवडा, मुख्य भिलेनकाे रुपमा रवि गिरी, सुदिप आचार्य र कनिज कोईराला देखिदैछन् ।

आँँधी तुफान सेटबाट केही तस्बिर हरु

प्रेम चुल्ठेकाे द्वन्द्व निर्देशन, सुरेश अधिकारीकाे संगीत रहेको फिल्ममा रुपा केसी, अनमिका कार्कि, सञ्जित भण्डारी, पुस्कर राउत, सिवन लामा, रवि गिरी, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, जोया बुढाथोकी, रूपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको पनि अभिनय रहेको छ ।