सुस्ताएकाे फिल्म उघाेग तताउँदै `आँधी तुफान २´, बन्यो लकडाउ पछि पुनः छायांकनमा जाने पहिलो फिल्म

कोराेना र लकडाउनले पिल्सिएकाे नेपाली फिल्म उघाेग केही हदसम्म माथि उठ्ने कोसिस गरिरहेकाे छ, अघिल्लो लकडाउन पछि केही फिल्म छायांकन भए, केही पुराना र साना फिल्म प्रदर्शन पनि भए तर न राम्रोसँग कुनै फिल्मले व्यापार गर्याे,नत हलहरुनै खुले । त्यसपछि पुनः निषेधाज्ञा सुरु भयो र अन्त: १ महिना अगाडि खुलिपनि सक्याे ।

निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड हुने विभिन्न क्षेत्र खुलेका छन् । तर, फिल्म निर्माण र प्रदर्शनको अनुमति दिन सरकारले कुनै चासो देखाएको छैन । अब निर्माताहरु सरकारको निर्णय बेवास्था गर्दै निषेधाज्ञाका कारण अधुरैमा रोकिएको फिल्मको छायांकन सुरु गर्न कस्सिएका छन् । केही निर्माताले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन सुरु पनि गरिसकेका छन् ।

निषेधाज्ञाभन्दा एक हप्ता अगाडि फिल्म ‘आँधी तुफान २’ को छायांकन सुरु भएको थियो । तर, संक्रमण बढेको भन्दै काठमाडौंमा निषेधाज्ञा जारी भएपछि फिल्मको छायांकन रोकियो । निषेधाज्ञा खुकुलो भएसँगै आइतवारबाट फिल्मको छायांकन सुरु भएको छ । आइतबारदेखि बालाजु स्थित एक स्टूडियोमा इन्डोर छायांकन सुर गरिएको छ। सोमवारदेखि भने धुलिखेलमा छायांकन भइरहेको छ ।

फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठले दैनिक अखबार सँग कुरा गर्दै भने `सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर छायांकन सुरु गरेका छौँ, सम्भवतः लकडाउ पछि सबैभन्दा पहिले सुटिङ सुरु गरेको कारण केही समस्या भएतापनि उघाेगलाई चलायमान बनाउन आफैले पहिलो कदम चाल्दै छु  ।

फिल्ममा संजय खतिवडा, कनिज कोइराला, सन्दिप आचार्य, साेनिया विसी, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, रवि गिरी, ध्रुव कोइराला, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी लगायतका कलाकारहरुको अभिनय रहेको छ । १६ वर्षपछि ‘आँधी तुफान’ को सिक्वेल निर्माण हुन लागेको हो । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा फिल्मले वाचन गर्नेछ ।

भदौ पहिलो साताभित्र फिल्मको छायांकन सक्ने योजनामा निर्माण टिम छ । मदन घिमिरेले फिल्मको निर्देशन गरिरहेका छन् भने, मौनता श्रेष्ठ र चक्र घर्ती मगर मिलेर निर्माण गर्दैछन् ।