लायन्स क्लब काठमाडौं न्यु वेभस् अध्यक्ष सञ्जय खतिवडाद्वारा पदभार हस्तान्तरण


नायक तथा लायन्स क्लब काठमाडौं न्यु वेभ का अध्यक्ष सञ्जय खतिवडाले आज बाट अध्यक्ष पद हस्तान्तरण गरेका छन् । काठमाडौं बत्तिसपुतली स्थिति एक होटलमा विशेष समारोहबीच अध्यक्ष खतिवडाले अध्यक्ष पद हस्तान्तरण गरेका हुन् । खतिवडा २ बर्ष देखि लायन्स क्लबका अध्यक्ष पदमा रहेका थिए ।
खतिवडाले आगामी बर्ष 2021/22 काे लागि सुर्य प्रसाद दाहालकाे नेतृत्वलाई पदभार हस्तान्तरण गरेका हुन्
उक्त समारोहमा अध्यक्ष खतिवडाले फुलमालार खादा सहित नयाँ नेतृत्वलाई पदभार हस्तान्तरण गरेका थिए साथै नव गठित समितिले पनि खतिवडालाई मायाको चिनाे सहित खादा अाेडाएर बिदाई गरे ।

समारोह लाई सम्बोधन गर्दै नवगठित कार्यसमितिका अध्यक्ष सुर्य प्रसाद दाहालले निवर्तमान अध्यक्ष खतिवडा आगामी दिनमा पनि क्लबकाे अभिभावकाे रुपमा रहने र अध्यक्ष खतिवडाले थालेको समाजिक कामलाई थप महत्त्वका साथ अगाडि बढाउने बताए । नवगठित कार्यसमितिका सम्पूर्ण सदस्यले निवर्तमान अध्यक्ष खतिवडाकाे मुक्तकण्ठले तारिफ गरेका थिए

समारोहमा अध्यक्ष खतिवडाले गत चैत २ गते अस्पताल भर्ना भएका रमेश बिकलाई अस्पताल भर्ना गरे पछि करिव ३ महिनाको उपचार खर्च ३० लाख पुगेको तर अस्पताललाई तिर्न बाँकी रहेको १२ लाख हाराहारीको रकम तिर्न नसकेर
बिचल्ली अवस्थामा पुगेका रमेशकाे परिवारलाई साथ दिन लायन्स् क्लव अफ काठमाण्डौ न्यु वेभ्स ठूलो भुमिका खेलेकाे र आफुले सक्दाे मेहनत गरेको बताए । क्लवका प्रेसिडेन्ट तथा नायक सञ्जय खतिवडाको संयोजकत्वमा अस्पताल ब्यबस्थापनसँग छलफल पश्चात् अस्पतालले न्युनतम रकम भुक्तानी गर्न सर्त राखे पछि न्यु वेभ्सले ३ लाख रुपैयाँको सहयोग गरेर रमेश डिस्चार्ज गराउन सफल भएकोमा सञ्जय आफुलाई निकै गर्व महशुस भएको बताए  ।

अहिले नेपाली फिल्म आँधी तुफान २ मा काम गरिरहेका सञ्जयले कोरोना महामारीको समय लायन्स क्लबलाई पनि जनताको सेवामा सक्रिय गराएका थिए । लकडाउकाे समयमा विभिन्न असाहाय र विपन्न परिवारलाई खाद्यान्न वितरणमा तथा अनाथ बालबालिकालाई सहयोग गर्न, बाढी पिडितलाई सहयोग उठाउन हाेस् या कोराेना बिरामीलाई अक्सिजन वितरणमा समन्वय गर्न सबै तिर सञ्जयले सहयोगकाे लागि हात अगाडि बढाएका थिए ।