चौतर्फी क्रेज बटुल्दै ‘आँधी तुफान २’

निर्माणाधीन ब्लकबस्ट सिक्वेल आँधी तुफान २ निर्माण अगावै व्यापक चर्चामा रहेको छ, नेपालकै सबैभन्दा अग्ला नायक सञ्जय खतिवडाले कमव्याक गर्न लागेको चलचित्र आँधी तुफान स्टार लेखक मौनता श्रेष्ठकाे ड्रिम प्रोजेक्ट हाे । मौनता पछिल्लो ३ बर्षयता यसै फिल्मकाे काममा निरन्तर खटिएका थिए । अहिले उनको मेहनतले रङ ल्याउन थालेको देखिन्छ ।

फिल्म र चलचित्र प्रेमी दुई बालकले आ आफ्नो टाउकोमा आँधी र तुफान लेखेको फोटाे सामाजिक सञ्जालमा भाइरल भएपछि मौनताले पनि उक्त फोटाे उनको प्रसनल फेशबुक आईडिबाट सेयर गरेका थिए । उक्त फोटाे कुनै फिल्म कति चर्चामा छ भन्ने जान्नकाे लागि एक उदाहरण हाे ।
यस्तै विदेशी भूमिमा नेपाली फिल्मकाे अवार्ड आयोजना गर्दै आएका बक्स अफिस नेपालका संस्थापक आर.के सुवेदीले पनि दुवैकाे सामुदि्रक किनारमा आँधी तुफान २ काे नाम लेखेर सामाजिक सञ्जालमा भाइरल बनाए, उक्त फोटाे पनि मौनताले आफ्नै फेशबुकमा पाेस्ट गरेका छन् ।
जे हाेस् लकडाउन र कोरोनाले थलिएकाे नेपाली फिल्म उघाेगमा निर्माण र प्रदर्शन अगावै कुनै फिल्मले यत्तिको क्रेज बनाउनु सुखद लक्षण हाे ।

सस्पेन्स कथावस्तुमा आधारित एक्सन प्रधान चलचित्रमा सङ्गीत सुरेश अधिकारी, द्वन्‍द प्रेम चुल्ठे, नृत्य कमल राई, छायांकन रामशरण उप्रेतीको रहनेछ, उता फिल्मकाे १० प्रतिशत छायांकन सकिसकेकाे अवस्थामा पुनः लकडाउन लागेको थियोे ।

मदन घिमिरेको निर्देशन रहने ‘आँधी तुफान २’ मा सञ्जयकाे अलावा सञ्जीत भण्डारी, ध्रुव दत्त, आरती आचार्य, रिचा थापा,पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, रवि गीरी, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल आदिको अभिनय रहने छ ।