पुजा शर्माकाे व्लकबस्टर लाईनअप

पछिल्लो समय नेपाली फिल्म उघाेगमा सबैभन्दा राम्रो स्टारडम बनाएकि नायिका हुन् पुजा शर्मा । जसको फिल्म बक्स अफिसमा सधैं सुरक्षित रहने निर्माताहरुकाे विश्वास रहेको छ । उनलाई आफ्नो फिल्ममा काम गराउन निर्माताहरुकाे लाईन लाग्ने गरेको बताईन्छ ।

कोरोनाकाे कारण ठप्प नेपाली फिल्म उघाेग पुनः सुचारु हुने नहुने कुनै ठेगान नहुदा नायिका पुजा शर्माले छायांकन गरेर सकाएकाे २ फिल्म पनि कहिले प्रदर्शन हुनेहाे ठेगान छैन । तर पनि उनै पुजाका फ्यानहरु ती सबै फिल्मलाई निर्माण अगावै ब्लकबस्टरकाे ट्याग दिन थालेका छन् ।
ति कुन कुन फिल्म हुन् त, जाे पुजाले छायांकन सकाएकाे र छायांकनकाे तयारीमा रहेका छन् ?

म यस्तो गीत गाउँछु २, जुन फिल्ममा पल र पुजा एकसाथ देखिदैछन् । सम्हालिन्छ कहिले मन, जुन फिल्ममा पुजा, आकाश काे जोडी पुनः पर्दामा अाउदैछन् । त्यस लगत्तै मेगास्टार निखिल उप्रेती र राजवल्दव कोइराला अभिनित २०६४ सालमा ब्लकबस्टर भएको फिल्म पर्खिबसेंकाे सिक्वेलमा पुजा र आकाशले नै काम गर्ने बताईएकाे छ ।

अर्को अनटाइटल फिल्ममा पनि पुजाकाे साथमा कुनै नयाँ कलाकारले काम गर्ने बताईएकाे छ, जसलाई सुदर्शन थापालेनै निर्देशन गर्नेछन् ।
अब हेर्न बाँकी छ कोराेना संकटबाट थलिएकाे नेपाली फिल्म उघाेग उठाउन पुजाका ती फिल्मले कस्तो भुमिका खेल्छन्