सुपरस्टार महेश वावुको २८ औं फिल्मको घोषणा

सुपरस्टार महेश वावुको २८ औं फिल्मको घोषणा गरिएको छ । निर्माण टिमले शनिबार बेलुका ५ बजेर १३ मिनेट मा ‘एसएसएमबि २८’  लोगो सार्बजनिक गरेर उक्त जाकारी दिएको हो । सुपरस्टार महेश वावुको २७ औं फिल्मको छायँकन नसकिदै २८ औं फिल्मको घोषणा गरिएको हो ।

फिल्मलाई स्टार निर्देशक त्रिबिक्रम श्रिनिवासले निर्देशन गर्दै छन् । विश्वभर जबरजस्त फ्यान फलोईङ्ग भएका महेश वावुको फिल्म घोषणा हुनु अगाडिनै निकै चर्चामा रहेको थियो । यसअघि अथडु र कलेजा जस्तो क्लासिक फिल्ममा सँगै काम गरेका निर्देशक त्रिबिक्रम श्रिनिवास र सुपरस्टार महेश वावुको यो तेस्रो सहकार्य हो ।

महेश र त्रिविक्रमले ११ बर्ष पछि पुन सहकार्य गर्न लागृका हुन् । फिल्ममा श्रिनिवासले रुचाएकि नायिका पुजा हेगडे महेश को अपोजिटमा देखिने सम्भावना रहेको छ । तर निर्माण टिमले भने यसको जानकारी दिईसकेको छैन ।

२०२२ को मे महिनामा प्रदर्शन गर्ने तयारीका साथ फिल्म यसै महिना देखि छायँकनमा जाँदै छ । अर्को बर्षनै सुपरस्टार महेश वावुको ‘सरकारु भारी पाटा’  नामम फिल्म सक्रान्तिको अवसरमा प्रदर्शन हुदै छ ।