निर्माण अगावै मौनताको ‘आँधी तुफान २’ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्यारीटिको लागी माग

नायक तथा समाजसेवी सञ्जय खतिवडाको मुख्य भुमिका रहेको निर्माणाधिन फिल्म आँधी तुफान २ निर्माण अगावै देखि निकै चर्चामा रहेको थियो, भारतिय भिलेन कनिज कोईरालाले खेल्ने बिषयले होस् या सञ्जयको लुक्सको कारणले होस् फिल्मले पछिल्लो समय निकै हाईप बटुलेको फिल्मले फेरी अर्को चर्चा थपेको छ ।

काठमाण्डौ लायन्स क्लवका अध्यक्ष समेत रहेका नायक सञ्जयको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको कारण फिल्मले थप उचाई प्राप्त गरेको हो । फिल्ममा सञ्जय जोडिए सँगै फिल्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्यारीटिको लागी व्यापक माग बढेको हो । सात दिनको सुटिङ्ख सकाएर लकडाउन मनाईरहेको टिम लकडाउन लगत्तै पुन सुटिङ्खमा जाने छ ।

निर्माता तथा लेखक मौनता श्रेष्ठले डेढ दशक अगाडि व्यावसायिक रूपले सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रूपमा यो चलचित्र सुरु गरेका हुन् ।

सस्पेन्स कथावस्तुमा आधारित एक्सन प्रधान चलचित्रमा सङ्गीत सुरेश अधिकारी, द्वन्‍द प्रेम चुल्ठे, नृत्य कमल राई, छायांकन रामशरण उप्रेतीको रहनेछ ।

मदन घिमिरेको निर्देशन रहने ‘आँधी तुफान २’ मा सञ्जयकाे अलावा सञ्जीत भण्डारी, ध्रुव दत्त, आरती आचार्य, रिचा थापा,पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, रवि गीरी, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल आदिको अभिनय रहने छ ।