‘आँधी तुफान २’को लागि यस्तो खतरनाक लुक्समा देखिदै सञ्जय

लेखक मौनता श्रेष्ठको निर्माणमा बन्दै गरेको फिल्म ‘आँधी तुफान २’ को छायँकन सुरु भएसँगै फिल्म उघोग गर्माएको छ । छायँकन सुरु भएको ३ दिन मात्रै भयको छ, तर फिल्मको चर्चा भने निकै ब्यापक छ । यसैविच फिल्मका मुख्य नायक सञ्जय खतिवडाको नयाँ लुक्स बाहिरिएको छ । उनको एक ग्याँङ्ग स्टार जस्तो देखिने उक्त लुक्स उनलाई निकै सुहाएको छ ।

लङ्गकोटमा सजिएका सञ्जयको लुक्सले दर्शकलाई नयाँ टेस्ट दिनेमा ढुक्क हुन सकिन्छ । एक्सन फिल्म हरु कम बनिरहेको र त्यसमाथि पनि नारी प्रधान फिल्ममा सोलो हिरोको भुमिकामा देखिन लागेका सञ्जय आफनो भुमिकालाई लिएर निकै उत्साहित देखिन्छन् ।

निर्माता तथा लेखक मौनता श्रेष्ठले डेढ दशक अगाडि व्यावसायिक रूपले सफल मानिएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलको रूपमा यो चलचित्र सुरु गरेका हुन् ।

सस्पेन्स कथावस्तुमा आधारित एक्सन प्रधान चलचित्रमा सङ्गीत सुरेश अधिकारी, द्वन्‍द प्रेम चुल्ठे, नृत्य कमल राई, छायांकन रामशरण उप्रेतीको रहनेछ ।

मदन घिमिरेको निर्देशन रहने ‘आँधी तुफान २’ मा सञ्जयकाे अलावा सञ्जीत भण्डारी, ध्रुव दत्त, आरती आचार्य, रिचा थापा,पुनम गौतम, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, मुकुन्द थापा, कनिज कोइराला, याङ्सु श्रेष्ठ, पुष्कर राउत, बिन्दीया ठकुरी, रमेश तामाङ, राजाराम गौतम, गोकुल सुवेदी, सरोज दाहाल आदिको अभिनय रहने छ ।