भेट्रान लेखक मौनता र शिवम् काे आक्रोश, लेखकलाई खेताला साेच्ने सबै निर्मात पुजीवादी हुन्

नेपाली फिल्म उघोगमा सबैभन्दा धेरै फिल्मकाे कथालेख्ने लेखक तथा निर्माता मौनता श्रेष्ठ र अर्का लेखक शिवम् अधिकारीले लेखक माथि हुने अपमान बिरुद्ध फेशबुक स्टाटस मार्फत आक्रोश व्यक्त गरेका छन् ।

मौनता श्रेष्ठले शिवम् लाइ समर्थन गर्दै फेशबुकमा यसो लेखेका छन् ‘शिबम को गुनासो त ढिल‍ो आयो , यहि गुनासो मैले करीब दस बर्ष अगाडि नै गरीसकेको थिए । किनकि चलचित्र क्षेत्रमा लेखक लाई सर्जक हैन पैसा दिएर खेताला ठान्ने पुजिँबादि हरु असख्य छन् ।’
मौनता भन्दा अगाडिनै फेशबुकमा स्टाटस राखेका शिवम् ले स्कृप्ट लेखन कार्यबाट सन्यास लिने घोषण गरेका थिए ।
सिवम् ले फेशबुकमा यस्तो लेखेका छन्
‘मेरो कुरा,
हामी सबैलाइ थाहा छ Script writing आफैमा कठीन बिधा हो । मैले पनि यहि कठीन बिधा नै रोजे, किन कि म मेहनत गर्न चाहन्थे, संघर्ष र प्रतिस्पर्धा बाट आफुलाइ खरो उभ्याउनु थियो, आफुलाइ प्रमाणित गर्नु थियो ।

र आज करिअरको १४ बर्षको अन्तरालमा करीब १५० चलचित्र र दर्जनौ टेलिचलचित्रमा आफुलाइ उभ्याउदा उभ्याउदै पनि यो बिधाबाट थाकेको महसुस भै सक्यो ।

कोभिड १९ को कारण थला परेको यो बिषम परिस्थितिमा पनि ४ वटा चलचित्र र २ वटा टेलिचलचित्रमा निरन्तरता दिइ नै रहेको छु ।

तर
Script वृतिङ को लागि उपयुक्त वातावरण र मानसिक समस्या मुक्त हुनुपर्छ भन्ने तथ्यलाइ धेरै जसो चलचित्र कर्मी हरुले नबुझेर वा म अफै पनि कठीन परिस्थितिबाट गुज्रिरहेको यथार्थ जानाकारी गराउदा गराउदै स्कृप्ट जस्तो कुरा आज चाहियो र भोलि चाहियो गर्दै झनै काम गर्न नसक्ने अवस्था सृजना भै सकेको हुनाले केहि समयको लागि म आफै पनि मानसिक रुपमा तयार नभए सम्मको लागि Script writing बाट बिश्राम लिन चाहन्छु । यसबाट पर्न गएको असुबिधा प्रति क्षमा प्रार्थी छु ।

बिरामी अवस्थामा पनि “ल ल चाडै ठिक भएर मेरो चाही काम सकाइदिनु पर्‍यो ” भन्ने चलचित्रकर्मी संग अझै टीठ लाग्छ । स्कृप्ट राइटर प्रीन्टर त होइन नि एक क्लिक मा प्रीन्ट गर्ने । स्मरण रहोस : २०६५/०६६ मा एकै सातामा २४ वटा चलचित्रको सम्झौता गरेर पनि सबै चलचित्र हरुको स्कृप्टहरु समयमा उपलब्ध गराएको नजीर अझै पनि छ ।

अन्तमा
म मानसिक रुपमा तयार नभए सम्मको लागि प्रतिक्षा गर्न सक्नु हुन्छ भने गर्नुस सक्नुहुन्न भने तपाइहरु संग पनि बिकल्पहरु छन होला । कृपया यत्ति बुझिदिनुस स्कृप्ट लेख्नु भनेको अन्य शारिरिक काम गरेको जत्ति सजिलो हुदैन, मानसिक रुपमा तैयार हुनुपर्छ र मानसिक रुपमा तैयार हुन समय लाग्छ भन्ने तथ्य मनन गरिदिनु भयो भने मेरो लागि मात्र होइन नेपाली चलचित्र क्षेत्रको लागि समेत ठुलो गुण हुनेछ ।
धन्यवाद’