प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा निर्मला पन्तको बलात्कारी खै भन्ने टिसर्ट लगाएका युवा पक्राउ

पुस २४, प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा धनगढीमा निर्मला पन्तको बलात्कारी खै भन्ने टिसर्ट लगाएका केही युवा पक्राउ परेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको जनसभामा कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका लागि न्याय माग्दै केही युवाहरु निर्मला पन्तको बलात्कारी खै निर्मलालाई न्याय दे’ लेखेको टि–सर्ट लगाएर उपस्थित भएका थिए। सो क्रममा कार्यक्रम लाई असर पर्ने भन्दै प्रहरिले ति युवाहरुलाई नियन्त्रणकमा लियको थियो ।
यस्तो टिसर्ट लगाउने ६ जना युवाहरुलाई सशस्त्र प्रहरीले कार्यक्रमस्थलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो।
२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको हाल सम्म पनि अनुसन्धानमा चलिरहेको छ।