काष्ठमण्डपको के छ ? आश्चर्य लाग्दो इतिहास

kasthmandap

 काष्ठमण्डप काठमाण्डौको एक महत्वपुर्ण पुरातात्तिक ऐतिहासिक भौतिक संरचना हो । काष्ठमण्डप नाम संस्कृति नाम हो तर नेवारी भाषामा भने मरु सत् भन्ने गरिन्छ । यो काठमाण्डुको वसन्तपुरमा अवस्थित छ । यसको स्थापना ७औ शताब्दिको लिच्छिवि युगमा भएको मानिन्छ । यसको आश्चर्य लाग्ने इतिहास यो छ कि यो एउटै रुखबाट निर्माण भयको थियो रे । यो निर्माण भयको रुखको नाम कल्प वृक्ष हो भनिन्छ । अझ् भन्ने हो भने यो एउटै रुखबाट निर्माण भयको थियो रे अब कल्पना गरौ त्यो रुख कत्रो थियो होला । यहा विभिन्न भगवान् हरुका मुर्तिहरु पनि राखियका छन् तर यो मन्दिर भने होइन । मानिसहरुले आराम गर्न सानो भेला महोत्सव गर्नको लागि निर्माण गरीएको देखिन्छ ।

यो संरचना नजिकै अरु पनि बहूचर्चित र लोभ लाग्दा गौरवान्वित इतिहास बोकेका ठाउहरु पनि छन जस्तै हनुमान ढोका दरबार, ज्यूदो देवीको रुपमा पूजा गरीने कूमारी देवीको मन्दिर, वसन्तपसुर स्क्वायर दरबार, नौतले दरबार, कालभैरभको मूर्ती, गणेश मन्दिर, वसन्तपुर डबलि लगायत यस्ता थुप्रै यूग र इतिहास बोकेका भौतिक संरचना हरु निर्माण भएका छन् । यिनै संरचनाले पनि काष्ठमण्डपको महत्व पनि फरक रुपमा उभिएको देखिन्छ । यहां घुम्न आउने आन्तरिक तथा बाह्र पर्यटहरुको समेत घुइचों लाग्ने गर्दछ ।

प्राकृतिक विपतिका कारण २०७२ सालको महा भुकम्पले काष्ठमण्डप पनि ढलेको छ । विभिन्न कारणले केहि वर्ष त्यो निर्माण हुन सकेन तर आजभोलि भने निर्माण कार्य तिव्र गतिमा भैरहेको हुदां अब भने चाडैं निर्माण कार्य सम्पन्न भई फेरी पहिलेकै महत्व बोकेर काष्ठमण्डप तयार हुनेछ । काष्ठमण्डपले यूग बोकेको इतिहास छ फेरि यूगौं यूग रहने छ भन्ने विस्वास समग्र नेपालीले गरेका छन् ।