सुशासनको आशा र युवा

नेपालमा लामो समय देखि जन चाहना अनुसारको काम भएको छैन ! जसको कारणले जनता निरास भयका छ्न । सरकारले ठुला ठुला भाषण गरे पनि जन चाहना अनुरुप काम भैरहेको देखिदैन । अझ भन्ने हो भने नेपाली जनताले भोट धेरै हालि सकेका छन के त्यो कर्तव्य गरे वापत नेताले त्यो जनताको सामान्य जनजीवनमा के प्रभाब पर्यो त!! अब त्यो सोचनिय कुरो भएको छ!

हाम्रो जस्तो गरीबि र अविकसित देशले पटक पटकको यत्रो महंगो चुनाव कसरी थेगि सक्ला र विभिन्न परीस्थितिमा जनताले भोट दिदै आइरहेका छन् के भोटहरुले देशमा अमन चैन ल्यायो त आज यूवाहरु विदेश जान रोकिय कि रोकिएनन् पक्कै रोकिएका छैनन् झन् आज त्यो संख्या बड्दो छ । त्रीभूवन अन्तरास्ट्रिय विमानस्थलमा हजारौ यूवा आफ्नो भाग्य र भविस्य खोज्न विदेशको मरुभूमीमा तरर्रसर पसिना बगाउन बाध्य छन् आफ्ना प्राण भन्दा प्यारा बाबूआमा, संगै मर्ने बाच्ने कसम खायकी जीवन संगिनि, मूटुका टुक्रा लालाबाला छोड्ने रहर कसैलाई हुदैन तर आफ्नो विवसता लाई स्विकार्दै लाखौ देशका भरोशा देश छोड्न वाध्य छन् । जनता देशमा पटक पटक गरी चुनावमा शासन्ति स्थायित्व र विकाशका लागि भोट दिय तर नेताहरुले त्यसको अवमूल्यन गरी आफ्नो अनुकुलमा प्रयोग गर्न‘ु सरासर गलत हो । पार्टिको आन्तरिक किचलो लाई लियर जलताको सार्वभौम् सत्ता सम्पन्न संससद विघटन गलत थियो आफ्नो भागभन्डा लाई ध्यानमा राखि जनता लाई दुख दिनु सत्ताको पराकाष्टा देखिन्छ । पाच वर्षको लागि जनताले दियको मतदान लाई ख्याल नगरिकन अरु देशमा त्यस्तो ठुलो ससंकट नआइकन देश लाई मध्यावधि चुनाव आवस्यक थिएन । नाकाबन्दि र कोरोना बाट तंरिन खोज्दै गरेको देशमा आर्थिक संकटले पिडा दिइरहेका बेला चुनाब पनि महगों छ । बरु यो पैसाले देशमा रोजगारि सिर्जना गर्न सकेको भय यहाका युवाले केहि आर्थिक लाभ लिने थिए । देशको आर्थिक अवस्था राम्रो भएमा ससुशासन र अमन चैनको बाटोमा देश अगाडि बडि देशले सम्दृधिको बाटो पहिल्याउने थियो ।