स्वस्तिमाले जितिन् सर्वोत्कृष्ट नायिकाको अवार्ड ‘बक्स अफिस फिल्म फेयर अवार्ड’

नायिका स्वस्तिमा खड्काले ‘नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड’ मा सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । पोखरामा बक्स अफिस इन्टरनेशनल ग्रुप र पोखराको इन्फिनिटी रिसोर्टले संयुक्त रुपमा आयोजना गरेको १२ औँ ‘नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७’ मा उनले चलचित्र ‘बुलबुल’ बाट सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी हुन् ।

यस अवार्डको ५ सर्वोत्कृष्ट नायिकामा मनोनीत भएका नायिकाहरु पुजा शर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाह, नम्रता श्रेष्ठ र दीपिका प्रसाईंलाई पछि पार्दै स्वस्तिमाले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी हुन् । फरक कथावस्तुमा निर्माण भई दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको यो चलचित्रले सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट पटकथा, क्रिटिक्स, का विधामा अवार्ड हात पारेको छ । यो चलचित्रलाई अविरल थापा, भिम थापा, राजु पौडेल र पुरुशोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका छन् भने विनोद पौडेलले लेखन तथा निर्देशन गरेका हुन् ।

विभिन्न सामाजिक संजाल माफत साभार